८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

वन प्राविधिक परिषद् गठन गर्न सुझाव

वन प्राविधिक परिषद् गठन गर्न सुझाव
अ+ अ-

काठमाडौँ। नेपाल वन प्राविधिक सङ्घले वन प्राविधिक परिषद् गठन गर्नका लागि पैरवी गर्ने भएको छ । सङ्घको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राकेश कर्णले परिषद् गठन गर्न पहल गर्ने भावी योजना रहेको बताउनुभयो ।

अध्यक्ष कर्णले भन्नुभयो, “वनजन्य उत्पादनको दिगो व्यावसायिकीकरण गर्ने, वन संरक्षणमा नवीनतम् प्रविधि प्रयोग गर्दै ‘डिजिटल’ मापन प्रणालीको विकास गर्ने, जलवायु अनुकूल वन व्यवस्थापनका नीति तथा कार्यक्रम प्रवद्र्धन गर्ने तथा वन क्षेत्रका प्राविधिकको पेसागत सुरक्षाका लागि नीतिगत पैरवी गर्ने हाम्रो भावी योजना छ ।”

सङ्घ २०३१ सालमा स्थापना भई नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सङ्घले वन क्षेत्रका प्राविधिकको क्षमता विकास, सशक्तिकरण गर्दै, वन, वातावरण तथा जैविक विविधता संरक्षणको क्षेत्रमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

सङ्घले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास र नीति निर्माणमा सक्रिय भूमिका खेलेको छ । साथै सरकारी नीति निर्माण प्रक्रियामा महत्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवद्र्धन गरिरहेको अध्यक्ष कर्णले बताउनुभयो ।

सङ्घले वन तथा वातावरण संरक्षणमा प्रभावकारी नीति निर्माणका लागि सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएको छ । सङ्घले वन क्षेत्रका प्राविधिकलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै, सङ्घले निरन्तर क्षमता विकास कार्यक्रम सञ्चालन गर्दैआएको छ । रासस