२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा गोली चलाएर प्रहरीले एक जनालाई लियो नियन्त्रणमा



अ+ अ-

काठमाडौं। काठमाडौंको टोखामा एक ज्यान मुद्दाका अभियुक्तलाई गोली हानेर प्रहरीले समातेको छ ।

आइतबार टोखामा गोली चलाएर हत्या आरोपीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । हरिवन–२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो ।

उनलाई निन्त्रणमा लिनका लागि गोली चलाउनुपरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो ।

तर, उनी भागेपछि गोली हानिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।