३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 5.14

Humidity: 50

Latest
सरकारसँग विश्वप्रकाश शर्माका असहमतिका सात बुँदा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हङकङ ११५ मा अलआउट, नेपाललाई ११६ रनको लक्ष्य कर वृद्धिबारे निर्णय अब चीनको हातमाः ट्रम्प ‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’ एकले अर्कोलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए सुनको मूल्य निरन्तर उकालोः आज तोलाको रू एक लाख ८७ हजार कायम स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रचण्डको सुझावः स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्नुस्



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिनुभएको छ ।

आईतवार धनुषामा जनतासँग माओवादी तराई—मधेस जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरे यता प्रधानमन्त्री ओलीले उत्तिर्णाङ्क समेत नल्याउनुभएको भन्दै राजीनामा दिन आग्रह गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तिर्ण हुने अनि शिक्षकलाई गाली गर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्रीपरिषद्को कार्य सम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तिर्ण भएपछि पनि किन पदमा बसिरहनुभएको रु भन्दै प्रश्न गर्नुभयो । शिक्षकलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले के भन्छन् त तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला । ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे । राज्यले उचित बजेट दिनुछैन । व्यवस्थापन गर्नुछैन । अझ शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ । कर्मचारीलाई गाली गर्नेतिर छ बुद्धि । म के भन्न चाहन्छु भने प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ । तपाईं त फेल नै हुनुभएको छ । किन बसिराखेको प्रधानमन्त्रीमा ? तपाईंले शिक्षकलाई गाली गर्न मिल्छ । तपाईंका मन्त्रीहरुको कोहीको १८, कसैको २१ प्रतिशत छ । तपाईंको २८ छ । यु आर फेल । त्यसकारण प्रधानमन्त्रीजी तपाईं शिक्षकलाई गाली गर्न छोडिदिनुस् । आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री छोड्नु उचित हुन्छ तपाईंले । होइन भने जनताले तपाईंको नौटंकि हेरिरहेका छन् ।’

अध्यक्ष दाहालले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप लगाउनु भयो ।