५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्न गृह मन्त्रालय संवेदनशील छ: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्तिता गर्न कानून कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले स्रोत र साधनको सिमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको समेत बताउनु भयो । जनताले अनुभुत गर्नेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भिर भएर काम गरिरहेको उहाँको भनाइ छ । उहाँले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको छ । नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभुत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्यमान्यता सम्मान गर्नेगरी कानून कार्यान्वयमा गृह मन्त्रालयका संयन्त्रहरु निश्पक्ष रुपमा परिचालन गरिएको छ । स्रोत र साधनको सिमितताको बीच कार्य सम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको होला । तरपनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरि जनताले अनुभुत हुनेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा म र मेरा मन्त्रालय गम्भिर र संवेदनशील ढंगबाट काम गरिरहेको छ ।’

उहाँले मुलुकमा सुशासन र विधिको साशन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।