२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छः सांसद तिमिल्सिना



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनताले वचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाउनु भयो । उहाँले राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकले डुबाएको छ । आफ्नो जीवन धान्नको लागि वृद्धवृद्धाले एकएक गरी वचत गरेको रकम एकपछि अर्को सहकारीले तहसनहस बनाएको छ । आज आआफनो ठाउँमा आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दाखेरि विभन्न दलका नेता र कार्यकर्ताहरु नै सहकारीमा मुछिएका छन् ।’

उहाँले सरकार सहकारी पीडितलाई न्याय कहिले दिने रु भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो ।