• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भारतमा रेल दुर्घटना : कम्तीमा नौको मृत्यु



नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा भएको रेल दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । पश्चिम बंगालको जलपाईगुडीमा बिकानेर–गुवाहाटी एक्सप्रेसका १२ वटा डिब्बा लिकबाट खसेका छन् । दुर्घटनामा ५० भन्दा बढी यात्रु घाइते भएको बताइएको छ । 

दुर्घटनाको जानकारी पाएलगत्तै रेलवे बोर्डका अध्यक्ष वीके त्रिपाठी र महानिर्देशक (सुरक्षा) घटनास्थलमा पुगेका थिए । रेल मन्त्री अश्विनी वैष्णव पनि स्थितिको जानकारी लिन जलपाईगुडी प्रस्थान गरेका छन्। 

रेलवेले मृतकका आफन्तलाई पाँच लाख, गम्भीर घाइतेलाई एक लाख र सामान्य घाइते भएका यात्रुलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

राजस्थानको बिकानेरबाट आउँदै गरेको गुवाहाटी(बिकानेर एक्सप्रेस १५६३३ (यूपी) बिहीबार साँझ ५ः१५ बजे जलपाईगुडी जिल्लाको मयनागुरी नजिक लिकबाट खसेको थियो। यो ट्रेन पटना हुँदै असमको गुवाहाटी जाँदै थियो । मयनागुरी ट्रेनको ३४ स्टेसनको सूचीमा थिएन। रेल अधिकारीका अनुसार १२ मध्ये चार वटा कोच पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । स्रोतका अनुसार रेलमा करिब १२०० यात्रु सवार थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनाबारे रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेका छन्। उनले एक ट्विट गर्दै भनेका छन्, “रेलमन्त्री अश्विनी वैष्णवसँग पश्चिम बङगालमा भएको रेल दुर्घटनापछिको अवस्थाबारे जानकारी लिएँ। मेरो संवेदना पीडित परिवारहरुसँग छ। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” एजेन्सी