१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भारतमा रेल दुर्घटना : कम्तीमा नौको मृत्यु

भारतमा रेल दुर्घटना : कम्तीमा नौको मृत्यु
अ अ+ अ-

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा भएको रेल दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । पश्चिम बंगालको जलपाईगुडीमा बिकानेर–गुवाहाटी एक्सप्रेसका १२ वटा डिब्बा लिकबाट खसेका छन् । दुर्घटनामा ५० भन्दा बढी यात्रु घाइते भएको बताइएको छ । 

दुर्घटनाको जानकारी पाएलगत्तै रेलवे बोर्डका अध्यक्ष वीके त्रिपाठी र महानिर्देशक (सुरक्षा) घटनास्थलमा पुगेका थिए । रेल मन्त्री अश्विनी वैष्णव पनि स्थितिको जानकारी लिन जलपाईगुडी प्रस्थान गरेका छन्। 

रेलवेले मृतकका आफन्तलाई पाँच लाख, गम्भीर घाइतेलाई एक लाख र सामान्य घाइते भएका यात्रुलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

राजस्थानको बिकानेरबाट आउँदै गरेको गुवाहाटी(बिकानेर एक्सप्रेस १५६३३ (यूपी) बिहीबार साँझ ५ः१५ बजे जलपाईगुडी जिल्लाको मयनागुरी नजिक लिकबाट खसेको थियो। यो ट्रेन पटना हुँदै असमको गुवाहाटी जाँदै थियो । मयनागुरी ट्रेनको ३४ स्टेसनको सूचीमा थिएन। रेल अधिकारीका अनुसार १२ मध्ये चार वटा कोच पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । स्रोतका अनुसार रेलमा करिब १२०० यात्रु सवार थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनाबारे रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेका छन्। उनले एक ट्विट गर्दै भनेका छन्, “रेलमन्त्री अश्विनी वैष्णवसँग पश्चिम बङगालमा भएको रेल दुर्घटनापछिको अवस्थाबारे जानकारी लिएँ। मेरो संवेदना पीडित परिवारहरुसँग छ। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” एजेन्सी