काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय दिउँसो २ बजे बस्ने बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीतिकका विषयमा पनि छलफल हुने छ ।
सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।
पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।










