२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

कमी, कमजोरी पहिचान गरी सुधार गर्दै देश विकास गर्छौंः उपप्रधानमन्त्री सिंह

कमी, कमजोरी पहिचान गरी सुधार गर्दै देश विकास गर्छौंः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताए ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अहिलेको सरकार नेपाली काँग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए । उनले नागरिकले सरकारकै सुनिशिचतता छैन कसरी देश विकास गर्छौ ? भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए ।

उपप्रधानमन्त्री सिंहले भने अहिलेको जुन वर्तमान सरकार काँग्रेस, एमाले लगायत अरु साना दलहरु मिलेर सरकार बनेको छ । यो सरकार किन बनेको भने जनताले के भन्न थाले भने सरकारको आयु नभएको सरकार बन्छ, फेरि केही महिनामा अर्को सरकार बन्छ भन्न थाल्यो । सरकारकै सुनिश्चितता छैन भने त्यो सरकारले हाम्रो के काम गर्छ ? त्यसले गर्दा राजनीतिक स्थिरता, स्थायित्व र सरकार टिक्ने किसिमको आवश्यक छ भनेर यो वर्तमान सरकार बनेको हो । बोलेर मात्रै होइन, कम गर्न गाह्रो छ । भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रे कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपर्याउने बताए । राजनीतिक स्थायित्व भएमात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरु अघि बढ्नसक्ने बताए । जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर गरेका छन् ।