९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माध्यमिकी परिक्रमाका यात्री फूलहर पुग्दै



अ+ अ-

महोत्तरी । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन् । गत बिहीबार सुरु भएको १५ दिने यो परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन मधुवनीकै कलना रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन् ।

मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागतसत्कार, भोजन, आवाससहितका प्रबन्धमा मटिहानीवासी जुटेका छन् । मटिहानीसहित जिल्लाका अन्य चार पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका प्रबन्ध र मेला व्यवस्थापनको अन्तिम तयारी जारी छ । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन यात्रीका रात्रि विश्रामस्थल हुन् ।

महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको १३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ । त्रेता युगका श्रीराम र सीताको पदचिह्न पछ्याउन यात्रा थालिएको मानिन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास कोषका साथै विश्रामस्थलमा सम्बन्धित स्थानका सामाजिक संघसंस्था तथा व्यक्तिले गच्छेअनुसार सहयोग गर्दै आएका छन् । रासस