८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो
अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ ।

साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । यस अघि तार चुडिने, क्षमता नधान्नेजस्ता सस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो ।

बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुकासाथै एक सय स्क्वायर फिट बनाइएको हो । एक करोड रुपैँया लागतमा ती तार फेरिएको उहाँको भनाइ छ । तुलसीपुरमा विद्युत्का ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् ।

रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका–५ रगैँचामा विद्युत्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ । त्यसकालागि स्थानीय गिरीराज बस्नेतले जग्गा दिएपछि भवन नै बन्न लागेको हो । यस अघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो ।

शान्तिनगर, दङ्गीशरण गाउँपालिकालगायतलाई सेवा दिन त्यहाँ एक जना कर्मचारीसहित उक्त सेवा सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीका अनुसार केही दिन अघि मात्रै टेण्डर आह्वान भएको उहाँले बताउनुभयो । भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उहाँको भनाइ छ । रासस