२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

अध्यादेश पारित गर्न साना दल विभाजन गराउने कांग्रेस–एमालेको रणनीति

अध्यादेश पारित गर्न साना दल विभाजन गराउने कांग्रेस–एमालेको रणनीति
file
अ अ+ अ-

काठमाडौं । सरकारले पेश गरेका अध्यादेश पारित हुने सम्भावना कम भएपछि साना दललाई विभाजित गरेर बहुमत जुटाउने कसरत कांग्रेस र एमालेले थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले साना दललाई विभाजन गर्न सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक ल्याउनेबारे छलफल भएको हो ।

गत माघ १८ गते संसद् बैठकमा लगिएका ६ वटा अध्यादेश पास हुने सम्भावना कमजोर हुँदा अड्किएका बेला प्रमुख सत्तारुढ नेपाली कांग्रेस पदाधिकारीको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी कानुनले प्रवेश पाएको छ ।

गत पुस १४, २९ र माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी ६ अध्यादेश संसद्मा अड्किएको अवस्थामा सत्तारुढ कांग्रेसमा दल विभाजनसम्बन्धी कानुनबारे छलफल भएको हो ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार दल विभाजनसम्बन्धी विधेयकका कतिपय दफाहरू निष्क्रिय अवस्थामा रहेका विकल्पबारे चर्चा गरिएको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले माधवकुमार नेपाललाई एमालेबाट छुट्टिन सहज हुनेगरी २०७८ भदौ २ मा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेका थियो ।

उक्त अध्यदेशमा २० प्रतिशतको समर्थनमै दलविभाजन हुनसक्ने व्यवस्था गरिएको थियो । उक्त व्यवस्था अनुसार एमालेबाट विभाजित भएर नेपाल नेतृत्वमा नेकपा एकीकृत पार्टी बनेको थियो ।

एमाले विभाजित भएपछि उक्त अध्यादेश ६० दिनपछि निष्क्रिय भएको थियो । अध्यदेश निष्क्रिय भए पनि त्यो अध्यादेशमा टेकेर बनेको नियमावली अझै सक्रिय छ ।

‘२०७८ सालमा संशोधन अध्यादेश फिर्ता लिएपछि दल विभाजनसम्बन्धी कानुनका कतिपय दफा शून्यताका अवस्थामा छन्’, घिमिरेले भने, ‘अहिले नियमावलीले काम गरिरहेको छ। अब दल विभाजनसम्बन्धी त्यो विधेयकलाई के गर्ने भन्ने कुरा बैठकमा भएको छ । यसबारेमा हामी एमालेसँग पनि छलफल गर्ने तयारीमा छौँ ।’

ती ६ वटा अध्यादेश प्रतिनिधिसभाबाट सजिलै पारित हुन्छन् । तर राष्ट्रियसभामा कांग्रेस र एमालेसँग बहुमत छैन । राष्ट्रियसभामा तीन सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र एक सीट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रि समाजवादी पार्टी खासगरी भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिदिँदा कांग्रेस–एमाले अप्ठ्यारोमा छन् ।