१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पबाट दुई घरमा क्षति



अ+ अ-

सङ्खुवासभा। आज बिहान गएको भूकम्पले यहाँको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् ।

भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ः५१ बजे गएको ६.१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१ किमाथाङ्काका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका–१ नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए ।

नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी लाक्पाको ढुङ्गा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथाङ्कामा एक घरमा क्षति पुगेको थियो ।