२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउन पाइँदैनः अध्यक्ष नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताए।

भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उनको आरोप छ । जनता समाजवादी पार्टी, नेपालले यहाँ आज आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने “सरकार कानुन र विधिसम्मत ढङ्गबाट चल्नुपर्छ । उनले भने सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादले भने “सरकारले यो भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ, त्यसो नभए हामी सङ्घर्षमा जान्छौँ ।” सुकुम्वासी भूमिहीनको पहिचान गरी समस्या समाधानका लागि विज्ञसँग छलफल गरेर वैज्ञानिक बाटो अपनाएर सधैँका लागि समस्या समाधान गर्नुपर्छ। रासस