काठमाडौँ। च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको अस्ट्रेलियालाई नवप्रवेशी अफगानिस्तानले जितका लागि २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो। अफगानिस्तानका लागि सेदिकुल्लाह अतलले ८५ र अज्मतुल्लाह ओमरजाईले ६७ रन बनाए ।
त्यस्तै, इब्राहिम जाद्रानले २२ रन बनाउँदा हस्मतुल्लाह साहिदीले २० रन बनाएका थिए। त्यस्तै, रसिद खानले १९ रन बनाउँदा रहमत साहले १२ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।










