
एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिभावक बन्ने भएका छन् । यी जोडीले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफुहरु आमाबुवा बन्न लागेको बताएका हुन् ।
शुक्रवार कियारा र सिद्धार्थले एक संयुक्त पोस्ट साझा गरेर आफ्नो गर्भावस्थाको जानकारी गराएका छन् । पोष्टमा एक जोडीको हात देखिन्छ र उनीहरूले बच्चाको मोजा समातेको देखिन्छ। यो तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘हाम्रो जीवनको सबैभन्दा ठूलो उपहार चाँडै आउँदैछ ।’
कियारा र सिद्धार्थले फेब्रुअरी ७, २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थितिमा यो जोडीले विवाह गरेका थिए । विवाहको दुई वर्षपछि यी जोडी अभिभावक बन्न लागेका हुन् ।