१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

असी वर्ष नाघेकालाई एम्बुलेन्स निःशुल्क



अ+ अ-

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले  एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो ।

असी वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “रु १२ लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्सको बडी बनाउन केही दिन लाग्ने भएकाले पूरा तयारी भएपछि सेवा दिन थालिनेछ ।” एम्बुलेन्स चालक र पेट्रोलको खर्च धान्ने गरी सहुलियतदरमा सेवा प्रदान गरिने र कमाउनेभन्दा पनि सेवामुखी भावनाले काम गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।  तनहुँको पूर्वी क्षेत्रमा अवस्थित यो गाउँपालिका गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ ।