२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न



अ+ अ-

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ ।

बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो । स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिनुभयो । अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताउनु भयो ।

निजी क्षेत्रले शुरु गरेपनि स्टेडियम सरकारकै सम्पती भएको बताउनु भयो । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको बताउनु भयो । उहाँले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताउनु भयो । बनाउन शुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको बताउनु भयो । आइसिसि मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको बताउनु भयो ।

उहाँले भिआईपी बिल्डिङ निर्माणाधिन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिनुभयो । प्याराफिट बनाउने काम बाँकी रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताउनु भयो । अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिवद्धता जनाउनु भयो ।