६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग

मेलबर्नको नेपाल फेष्टिभल मेरो लागि विशेष हुन्छ : गायक विवेक श्रेष्ठ

मेलबर्नको नेपाल फेष्टिभल मेरो लागि विशेष हुन्छ : गायक विवेक श्रेष्ठ
अ+ अ-

मेलबर्न, अष्ट्रेलिया । मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेष्टिभल आयोजना हुँदैछ । गैरआवासीय नेपाली संघ भिक्टोरिया राज्य संयोजन समितिको आयोजनामा हुने नेपाल फेष्टिभलमा यस पटक कन्दरा व्याण्ड मुख्य आकर्षणको रुपमा रहनेछ । कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठका लागि मेलबर्न विशेष छ, किनकि उनले यहीँ घरजम गरे ।

पहिले घरदेश अनि परदेश भन्ने नाराका साथ कन्दरा व्याण्डको वर्ल्ड टुर गरिरहेका गायक विवेक श्रेष्ठलाई अष्ट्रेलियाका पाँच शहरका नेपाल फेष्टिभलहरुमा मुख्य व्याण्डका रुपमा सहभागी हुँदा जुन रोमाञ्चकता महसूस भइरहेको छ त्यसभन्दा फरक मेलबर्नको विषयमा उनी सोच्दछन् । उनले भने, “मेलबर्नसँग मेरो आफ्नै भावना छ । २०१६ को कन्सर्ट मेरो जीवनकै एउटा मोड थियो । जसले पक्कै पनि मलाई नोस्टाल्जिक बनाउँछ ।”
व्याण्डले घरदेशदेखि परदेशसम्म नारा नेपालको आन्तरिक पर्यटनलाई समेत प्रबद्र्धन गर्ने उद्देश्य राखेर तय गरेका थियो । यही नारा बोकेर नेपालका विभिन्न शहरमा, विश्वका विभिन्न कुनामा कन्सर्ट गरिरहेको कन्दराका गायक श्रेष्ठ भन्छन् , “मेलबर्न आइपुग्दा त मलाई परदेश होइन घरदेश भन्ने भावना आउँछ होला ।”

फेडेरेसन स्क्वायरमा नेपाल फेष्टिभल हुनुअघि गरिने परेडमा पनि सहभागी हुने तयारी गरेका गायक श्रेष्ठको साथमा कन्दरा व्याण्डका ८ जना सदस्य सहभागी हुनेछन् । कन्दराले ९ वर्षपछि फेरि अष्ट्रेलियाको नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुति दिँदैछ । उनलाई ड्रममा सुनील थापा, गिटारमा देव लामा, बेस गिटारमा दयाबाबु झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापाले साथ दिनेछन् । व्याण्डको क्यामेरा र ग्राफीक्स नवीन थापाले हेर्नेछन् भने निरब श्रेष्ठ साउन्ड ईन्जिनियरको रुपमा सहभागी हुँदैछन् । गायक श्रेष्ठ भन्छन् – “नेपाल फेष्टिभलको आफ्नै गरिमा छ, दर्शक उपस्थितिको हिसाबले विशाल कार्यक्रम मध्ये पर्छ । फेरि हाम्रो गीत भुरादेखि बुढासम्म सबै जेनरेसनलाई मनपर्ने भएकोले कन्दरालाई नेपाल फेष्टिभल पर्फेक्ट हुन्छ भनेर नै हामीले सहभागिता निश्चित गरेका हौं ।”

अष्ट्रेलियाको नेपाल फेष्टिभलमा सहभागी भएपछि कन्दराले आफ्नो वल्र्ड टुरलाई निरन्तरता दिँदै अमेरिका र क्यानडा जाने तयारी छ । त्यसपछि जपानमा कार्यक्रम हुनेछ भने त्यसपछि बाँकी युरोप । यसअघि दुबई, कतार, हङकङ र लन्डनमा कन्दराको कन्सर्ट भइसकेको छ ।

करिब २ वर्षको तयारीपछि नयाँ स्वरुपमा पुरानै मेलोडी बोकेर दर्शकश्रोतामाझ आएको कन्दराले नेपाल फेष्टिभलमा सबै उमेर समूहका दर्शकलाई आफ्ना गीत र संगीतमा झुमाउने प्रयास गर्नेछ । गायक श्रेष्ठले भने, “नेपाल फेष्टिभलको सबैभन्दा उत्साहजनक पक्ष भनेको यहाँ सबै उमेर समूहको दर्शक एकै ठाउँमा हुन्छन् । उनीहरु त्यहाँ देश सम्झिन आइपुग्छन् । हामी सांगीतिक रुपमा उहाँहरु सबैलाई नेपालका गाउँ ठाउँमा, कुना कन्दरामा डुलाउनेछौं ।”

गायक श्रेष्ठ कन्दराका गीतहरुले पुरानो ९० को दशकको पुस्तालाई मात्र होइन अहिलेको कन्सर्ट कल्चरमा रमाएको नयाँ पुस्तालाई समेत नचाउने विश्वास राख्छन् । पुरानो जेनेरेसनका सुपरहिट मेलोडी र गीतलाई नयाँ जेनेरेसनमा लैजाने एउटा राम्रो अवसर भएको पनि उनको ठम्याई छ । 

उनले दर्शकहरुलाई आमन्त्रण गर्दै भने, “फेडरेसन स्क्वायरमा मार्च १५ तारिख भेटौंला, सँगै मिलेर झुमौंला, नाचौंला अनि देशलाई सम्झौंला ।”