२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक भूकम्प : भोटेकोशीमा पहिरो, कैदीको हात भाँचियो



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकामा सामान्य क्षति भएको छ । पालिकाले भूकम्पबाट ठूलो क्षति नभएको जनाएको हो । पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले क्षतिबारे जानकारी लिने प्रयास भने जारी रहेको बताउनुभएको छ ।

पालिकामा एक ठाउँ सुख्खा पहिरो झरे पनि बिहानै खुला गरिसकेको छ । सशस्त्र प्रहरीले पहिरो पन्छाएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।

आज विहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।