२३ असार २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक भूकम्प : भोटेकोशीमा पहिरो, कैदीको हात भाँचियो



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकामा सामान्य क्षति भएको छ । पालिकाले भूकम्पबाट ठूलो क्षति नभएको जनाएको हो । पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले क्षतिबारे जानकारी लिने प्रयास भने जारी रहेको बताउनुभएको छ ।

पालिकामा एक ठाउँ सुख्खा पहिरो झरे पनि बिहानै खुला गरिसकेको छ । सशस्त्र प्रहरीले पहिरो पन्छाएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।

आज विहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।