८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक
फाइल फोटो
अ+ अ-

हेटौँडा, (मकवानपुर) । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुन: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपी स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ । स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् । हो, विदेशमा काम गरेर पैसा पठाउने नेपालीको ठूलो सङ्ख्यामा सामेल हुने सुरमा रहेका मकवानपुरका कृष्णबहादुर एक उदाहरण बन्नुभएको छ ।

वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका–५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले लखपति किसान हुनुभएको छ । उहाँले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उहाँले वार्षिक लाखौँ आम्दानी गरिरहनुभएको छ ।

विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण ९रेसवे० गरेर उहाँले व्यावसायिक माछापालन सुरू गर्नुभएको थियो । युनिक कृषि फार्म दर्ता गरेर उहाँले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गर्नुभएको छ ।

कुनै समय काठमाडौँमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा हुनुहुन्थ्यो । मेडिकल गर्ने क्रममा उहाँमा जन्डिस देखिएपछि असफल हुनुभयो । त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उहाँ आफ्नै गाउँमा केही गर्ने हेतुले घर फर्कनुभयो । “काठमाडौँमा सवारी चलाउँथेँ, नुवाकोटका एकजना दाइ र म सँगै काम गर्थ्यौ, उहाँकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भन्नुभयो ।

विसं २०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुन: वडा सदस्यमा चुनिनु भएको छ । हाल उहाँ कार्यवाहक वडाध्यक्ष हुनुहुन्छ । वडाको जिम्मेवारीसँगै उहाँले कृषि कर्मलाई अगाडि बढाउनुभएको छ ।

यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौँको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ । आफैँसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गर्नुभएका उहाँले रू एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आउनुभएको छ ।

वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आउनुभएका मोक्तानले रू २५ लाख बराबरको कारोबार गर्दै आएको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

यहाँ उत्पादन भएको माछा हेटौँडा, काठमाडौँ र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ । “बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्राय: फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौँ”, मोक्तानले भन्नुभयो । उहाँले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाउनुभएको छ ।

किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गर्नुभएको छ । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहनुभएका उहाँले स्थानीयस्टरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम गर्नुभएको हो ।

यस्तै, उहाँले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी फल रोप्नुभएको छभने तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गर्नुभएको छ । त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोप्नु भएको छ । गत वर्ष ३० किलो बढी किबी बिक्री गर्नुभएकामा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उहाँको विश्वास छ । उहाँ जस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् । यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् । रासस