३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्- मुख्यमन्त्री आचार्य



अ+ अ-

नवलपरासी। १५ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा रचनात्मक ढङ्गले अघि बढेको बताए ।

आज पश्चिम नवलपरासीको सुनलव नगपालिका–१२ भूमहीमा आयोजित शैक्षिक तथा सांस्कृति मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार शिक्षामा नविनतम र रचनात्मक ढङ्गले काम गरिरहेको बताए। लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यायल मेरो, दायित्व कार्यक्रम’ द्वारा शिक्षाको गुणस्तरमा सुधार हुने उनको भनाइ छ ।

यस कार्यक्रमले देशभरिमा राम्रो सन्देश दिने उनले भने “शिक्षा समाज रुपान्तरणको आधार हो । शिक्षाले गर्दा सामाज परिर्वतन तथा विकासमा मद्दत पुग्छ”। उनले उक्त कार्यक्रमका लागि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई धन्यावद दिए। खस्कँदो शिक्षाको नतिजा सुधारका लागि मन्त्री तिमिल्सिनाले रचनात्मक कार्यक्रम अगाडि बढाएको उनले बताए ।

आजदेखि सुरु ‘शैक्षिक तथा सांस्कृतिक मेला २०८१’ मेला यही फागुन १९ गतेसम्म चल्नेछ । प्रथम रामनगर जेसिज लुम्बनी प्रदेशस्तरीय मेलामा प्रदेशभरिका प्राध्यापकलाई तालिममार्फत प्रशिक्षण दिइ शिक्षाको गुणस्तरीयता सुधार गर्ने उद्देश्य रहेको रामनगर जेसिआइका अध्यक्ष रमेश पराजुलीले बताए । रासस