१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड



अ+ अ-

गोरखा। जिल्लाको उत्तरी क्षेत्रको चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरूको भीड लागेको छ।

आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि बूढीगण्डकी नदीको बगरमा यो टिप्नेको भीड लागेको स्थानीय कुमारी गुरुङले जानकारी दिइन्। ‘सिर्दिबास र फिलिम जोड्ने पुलमूनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरू एकाएक टिप्न गए,’ उनले भनिन्, ‘बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ।

बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो तीन हजारमा कारोबार भयो।’ उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको स्थानीय बताउँछन्।

उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरू टिप्न गएको बताउँछन्।

‘यसरी मान्छेहरू गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन’, उनले भने। टिप्न जानेहरूले तरकारी हुन्छ रे भनेर सुनाएको उनको भनाइ छ। यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको उनको भनाइ छ। यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन्।

‘पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ। कहाँबाट आयो थाहा भएन’ उनले भने।रासस