२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री आलेद्धारा रु ५१ हजार सहयोग



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता–२०८१ का लागि व्यक्तिगत रूपमा रु ५१ हजार नगद सहयोग प्रदान गर्नुभएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा जारी उक्त फुटबल प्रतियोगितामा आज प्रमुख अतिथीका रूपमा उपस्थित भएका पूर्वमन्त्री आलेले खेलकुदको प्रवद्र्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि सो रकम प्रदान गर्नुभएको हो । प्रतियोगिताका आयोजक अल्टिट्युड क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले उक्त जानकारी दिनुभयो ।

“हामीले माननीय पूर्वमन्त्री आलेलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेका थियौँ । उहाँले खेलाडीहरूको उत्साह बढाउन र फुटबलको विकास गर्न रु ५१ हजार सहयोग प्रदान गर्नुभयो । यसका लागि हामी उहाँप्रति हृदयदेखि नै आभार प्रकट गर्दछौँ,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

यही फागुन ८ गतेदेखि सुरु भएको दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म चल्ने जनाइएको छ । रामधुनी नगरपालिका–७ स्थित रामधुनी पञ्चायन खेलमैदानमा भइरहेको यस प्रतियोगितामा आज आयोजक अल्टिट्युड फुटबल क्लब र लेटाङ बीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको वडाध्यक्ष केशव गौतमले जानकारी दिनुभयो ।

उक्त खेलमा प्रथम हुने टिमलाई रु २ लाख २२ हजार २२२, सहित ट्रफि १५ तोला चाँदी, द्धितिय हुने टिमलाई रु १ लाख ११ हजार १११ तथा म्यानअफ द म्याचलाई प्रत्येक दिन रु २ हजार पाँच सय प्रदान गरिने आयोजक कल्बका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।