१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

माफि माग्दै एन्जिलाले भनिन्– ‘सबैको साथ पाए एकदिन अवश्य जित्नेछौं’



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलिका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले फ्यानहरूसँग माफि मागेकी छन् ।

बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार ब्यहोरेपछि उनले फ्यानहरुसँग माफि मागेकी हुन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा फेरि चुकेकाले कप्तानको रूपमा सबै समर्थकहरूसँग माफि मागेको उल्लेख गरेकी छन् ।

फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं । कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु ।’ उनले लेखेकी छन् ‘मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू—हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं ।’

म्यानमारसँगको फाइनलमा आफ्नो गल्तीका कारण पहिलो गोल बेहोरेको उनले बताएकी छन् । ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो । पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं’ उनले भनिन् ।

एन्जिलाले आगामी दिनमा पनि समर्थकहरूबाट यस्तै माया, साथ र समर्थनको आवश्यकता रहेको बताउँदै लेखेकी छन् ‘तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ । यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ’ उनले भनिन् ‘त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ ।’

बुधबार सम्पन्न प्रतियोगिताको फाइनलमा म्यानमारसँग २–० गोलले पराजित हुँदै नेपाल १३औं फाइनलमा पनि उपाधि जित्न असफल रह्यो ।