१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटीले नेपाली विद्यार्थीलाई फर्कन पुन: गर्यो अपिल, यात्राको सबै खर्च ब्यहोर्ने



अ+ अ-

काठमाडौं। भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ ।

विश्वविद्यालयले अभिभावकहरुलाई एक अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च समेत आफैले बेहोर्ने उल्लेख गरेको हो । विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रुपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ ।

“विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुन: सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ”, पत्रमा भनिएको छ, “विश्वविद्यालयमा फर्कनका लागि (बस, रेल वा हवाई)  यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ ।”

विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जाएको छ । उसले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन समेत आग्रह गरेको छ । साथै यस अवधिमा छुटेका कक्षा वा प्रयोगशालाहरू विद्यार्थीहरूको शैक्षिक, करियर तथा रोजगारीको अवसरमा असर नपर्ने समेत विश्वास दिलाएको छ ।

साथै विश्वविद्यालयका होस्टल वा स्कूलबाट कुनै किसिमको सहमति वा हस्ताक्षर माग्ने कुनै प्रावधान नरहेको स्पष्ट पार्दै अन्य स्रोतबाट आएको गलत सूचनालाई वेवास्ता गर्न समेत आग्रह गरिएको छ ।

विश्वविद्यालयमा हाल ६५ भन्दाबढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ । विश्वविद्यालयसँग सम्बन्धित कुनै जिज्ञासा भए डा विकाश सबत ९९८७३६६६०७२० वा डा ममता धिताल ९७८५५०२९३२२० लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्युपछि उत्पन्न तनावका कारण त्यहाँ अध्ययनरत सयौँको संख्यामा रहेको नेपाली विद्यार्थीहरु नेपाल फर्किएका छन् । नेपाल सरकारले गरेको कुटनीतिक प्रयास पछि कलेजले यस्तो आह्वान गरेको हो ।