९ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च



अ+ अ-

फुङ्लिङ, (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन ।

नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिनुभयो । यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ रु दश हजारदेखि २५ हजारसम्म पर्ने उहाँले बताउनुभयो ।

उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ रु १५ हजारदेखि ४५ हजारसम्ममा खरिद बिक्री गरेको छ । यो अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएको कारण स्थानीय उत्पादनकर्तालाई राम्रो मुनाफा हुने गर्दछ ।

यसरी चीनमा निर्यात हुने गलैँचा ओलाङचुगोलामा रहेका उद्यमी र हस्तकलाकारको आर्थिक समृद्धिका लागि ठूलो अवसरको रूपमा प्रस्तुत भएको छ । नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ । स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ । निर्यातका अवसरले ओलाङचुगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ । रासस