८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

चारमध्ये तीन वटा जहाज एकैपटक ग्राउन्डेड, यात्रु अलपत्र

चारमध्ये तीन वटा जहाज एकैपटक ग्राउन्डेड, यात्रु अलपत्र
अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका चार मध्ये तीन वटा विमान एकै पटक ग्राउन्डेड भएका छन् । यात्रु आवागमनको चाप बढेर महँगो दरमा हवाई टिकट बिक्री भइरहेका बेला निगमका दुई न्यरोबडी र एउटा वाइडबडीसहित तीनवटा जहाज एकैसाथ ‘ग्राउन्डेड’ भएका हुन् ।

तीन दिनयताका आधा दर्जन गन्तव्यमा उड्नुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा २ हजार यात्रु अलपत्र परेका छन् । मुम्बई, बैंलुरु, क्वालालम्पुर, दोहा, दमामका उडान अन्तिम सयममा जहाज बिग्रिएकाले रद्द हुँदा टिकट खरिद गरेका २ हजार हाराहारी यात्रु अलपत्र परेका हुन् ।

निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुइटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटक–पटक बिग्रिए । चीनमा सीचेक सकिएको सगरमाथा न्यरोबडी भुक्तानीमा समस्या सृजना हुँदा एक सातादेखि उतै थन्किएको छ । अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्यादेखिएपछस तीन दिन साउदीअरबको दमाममा थन्किएको थियो । त्यहाँको साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुन: समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ ।

त्यस्तै मंगलबार बेलुकी वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका कारण रोकियो । बुधबार बिहान दिल्लीबाट मर्मत गराएर ल्याइएको वाइडबडीमा इन्धनसम्बन्धी एकासी नयाँ समस्या देखिएपछि पुन: ग्राउन्डेड गरिएको छ । अब निगमसँग एउटामात्रै वाइडबडी उडानमा छ ।

गत माघमा सीचेकका लागि चीनमा पठाइएको सगरमाथा नामको न्यरोबडी मर्मत भइसकेको छ । एक साताअघि नै काठमाडौं आएर उडान गर्नुपर्ने त्यो जहाजको भुक्तानीसम्बन्धी बिलमा हिसाब फरक–फरक आएकाले झमेला सृजना भएको बताइएको छ । यो विवादले जहाज चीनमै रोकिँदा दैनिक कम्तीमा २ करोड रुपैयाँको आम्दानी निगमले गुमाउनु परेको छ ।

निगमले यतिबेला काठमाडौं, मलेसिया, दोहा, दुबई, बैंकक, बैंलुरु, दमाम लगायतका गन्तव्यका दुईतर्फी उडान अन्तिम समयमा रद्द गरेको छ । अन्तिम समयमा उडान रद्द गर्दा विमानस्थलमा आइसकेका यात्रुलाई होटलमा राखेको छ । ती सबै निगमकै अतिरिक्त खर्चमा स्वदेश र विदेशका होटलमा छन् ।