५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासललाई हराउँदै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले हराएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन खेलको ११ औं मिनेटमा डोमिनिक सोबोज्लाईले र ६३ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरे ।

जितसँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकदुरी बढाएको छ । २६ खेलबाट लिभरपुलको ६७ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ ।

यता, पराजित न्युक्यासल २७ खेलबाट ४४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।