४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग बराबरीमा रोकियो आर्सनल, सिटीले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको आर्सनललाई पुनः धक्का लागेको छ ।

यसअघिको खेलमा हार ब्यहोरेको आर्सनल गएराति भएको खेलमा नटिङहम फरेस्टसँग बराबरी खेलेको हो ।

नटिङहमको घरेलु मैदान सिटी ग्राउन्डमा दुबै टोलिले गोल गर्न सकेनन् र अंक बाँडे ।

बराबरीको नतिजासँगै आर्सनल २७ खेलबाट ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने नटिङहम ४८ अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले १–० गोलले हरायो । सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालाण्डले गरे ।

टोटेनहमको घरेलु मैदानमा हालाण्डले १२ औं मिनेटमा गरेको गोल नै सिटीलाई जितका लागि पर्याप्त बन्यो ।

जितसँगै सिटी २७ खेलबाट ४७ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने टोटेनहम ३३ अंकका साथ १३ औं स्थानमा छ ।