७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने

दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने
अ+ अ-

मोरङ। बेलबारी नगरपालिकास्थित तमु बुद्धिस्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा यही फागुन १६ देखि २० गतेसम्म दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरूवात गरेको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप यसवर्ष यहाँ प्रदर्शनी हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान आयोजक तथा बेलबारी प्रज्ञाप्रतिष्ठान सहआयोजक रहने कार्यक्रममा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोग रहेको छ । प्रदेशका १४ वटै जिल्लाका सबै विधाका कलाकारको सहभागिता रहने प्रदर्शनीमा एक सय ८६ जना कलाकारका दुई सय २१ कलाकृति सामेल गरिएको परिषद् सदस्य तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कोशी प्रदेश संयोजक प्राज्ञ सञ्जय बान्तवाले जानकारी दिए ।

उनले समसामयिक मूर्तिकला १८ वटा, समसामयिक चित्रकला एक सय २०, परम्परागत चित्रकला ५, हस्तकला ३५, फोटोग्राफी कला १६ तथा लोककला २८ वटा रहने बताए । छनोट भएका कलाकृति राष्ट्रिय प्रदर्शनीमा पनि समावेश हुने जनाइएको छ । साथै प्रदर्शित कलाकृतिमध्येबाट एकजनालाई रु ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा रु २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका चार जना सर्जकलाई सम्मान गरिने छ । कार्यक्रमका प्रचारप्रसार संयोजक विकास बुढाथोकीले प्रदर्शनी अवधिभर १५ हजारभन्दा बढी दर्शकहरूलाई अवलोकन गराउने लक्ष्य लिइएको बताए ।