७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
अ+ अ-

एजेन्सी। स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीसमय शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोसहित सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत नेपालले राजा फिलिपसँगको भेटमा नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराए। यसैगरी जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा देखापरेका समस्या र वातावरणीय चुनौतीका सामना गर्न अन्तर्राष्ट्रियस्तरमा सहयोग र सहकार्यमा आवश्यक रहेको उनले जानकारी दिए।

भेटका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि आग्रह गरेकामा राजा फिलीपले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको राजदूत नेपालले जानकारी दिए।

नेपालप्रति राजाले विशेष सद्भावका साथ चासो व्यक्त गरेको र नेपालको विषयमा खुलेर कुरा गरेको उनले जानकारी दिए। सो अवसरमा राजदूत नेपाललाई बधाई ज्ञापन गर्दै राजा फिलीपले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।

त्यसैगरी राजदूत नेपालले स्पेनस्थित विदेश मन्त्रालयका दक्षिण तथा पूर्व एसिया हेर्ने उपमहानिर्देशकसँगसमेत भेटवार्ता गरेका थिए। उक्त समारोहमा राजदरबारका प्रोटोकल प्रमुख, विदेश मन्त्रालयका अधिकारी, नेपाली दूतावासका कर्मचारी र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको दूतावासले जनाएको छ।

नेपालले गत महिना म्याड्रिड पुगेर राजदूतको जिम्मेवारी सम्हालेका हुन्। कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए। नेपाल र स्पेनबीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। रासस