४ पुष २०८२, शुक्रबार
,
Latest
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ आमा सरिमायालाई



अ+ अ-

काठमाडौँ। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया) लाई प्रदान गरिएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

सोही अवसरमा सचिव पौडेलले रम्तेल जस्ता हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनलाई व्यवस्थित र संस्थागत गर्नुपर्नेमा जोड दिए । जनयुद्धकालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा माओवादी केन्द्रले आजदेखि यही फागुन २१ सम्म साताव्यापी ‘सहिद सप्ताह अभियान’ मनाउने भएको छ । माओवादी केन्द्रका नेता पञ्चा सिंहले जनयुद्धको अपमान गर्न नहुनेमा जोड दिए ।

संविधानसभा सदस्य विनोद पहाडीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल प्रतिष्ठान’ लाई खुल्ला विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। प्रतिष्ठानका अध्यक्ष डा वुद्धि नेपालीले प्रतिष्ठानले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा रु २५ लाख छात्रवृत्ति अक्षय कोष स्थापना घोषणा गरी कोष सङ्कलनको कार्ययोजना तीव्र  गतिमा अघि बढाइएको जानकारी दिए। रासस




भर्खरै