९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ आमा सरिमायालाई



अ+ अ-

काठमाडौँ। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया) लाई प्रदान गरिएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

सोही अवसरमा सचिव पौडेलले रम्तेल जस्ता हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनलाई व्यवस्थित र संस्थागत गर्नुपर्नेमा जोड दिए । जनयुद्धकालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा माओवादी केन्द्रले आजदेखि यही फागुन २१ सम्म साताव्यापी ‘सहिद सप्ताह अभियान’ मनाउने भएको छ । माओवादी केन्द्रका नेता पञ्चा सिंहले जनयुद्धको अपमान गर्न नहुनेमा जोड दिए ।

संविधानसभा सदस्य विनोद पहाडीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल प्रतिष्ठान’ लाई खुल्ला विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। प्रतिष्ठानका अध्यक्ष डा वुद्धि नेपालीले प्रतिष्ठानले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा रु २५ लाख छात्रवृत्ति अक्षय कोष स्थापना घोषणा गरी कोष सङ्कलनको कार्ययोजना तीव्र  गतिमा अघि बढाइएको जानकारी दिए। रासस




भर्खरै