३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिप फाइनल: पहिलो हाफ बराबरीमा



अ+ अ-

काठमाडौं। फोर नेसन्स वूमन्स च्याम्पियनसिप अन्तरगत फाइनल खेलमा आयोजक नेपालले म्यानमारसँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफ सकिँदा दुबै टोलिले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलिले गोल गर्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । खेलको २४ औ मिनेटमा म्यानमारले अग्रता लिने अवसर गुमायो । बिमला बिकले म्यानमारको गोल हुन दिइनन् । म्यानमारका सान थले प्रहार गरेको बललाई बिमलाले विफल पारिन् । उनी गोल पोस्टमा रहँदा सान थको प्रहार सिधै बिमलालाई लागेको थियो ।

३४ औं मिनेटमा नेपालले गोल गर्न चुक्यो । साबित्रा भण्डारी र सरु लिम्बुले गोल गर्न सकेनन् । रेखा पौडेलले उपलब्ध गराएको पासमा डि-बक्स भित्र पाएको अवसरलाई दुबै जनाले प्रहार गरेको बल म्यानमारका खेलाडीलाई लाग्न पुग्यो ।

खेलको ४३ औं मिनेटमा रेखा पौडेलले हेडिङबाट गोल गर्न लाग्दा म्यानमारका डिफेन्डरले उनलाई रोके । नेपाली खेलाडीमा आपसी तालमेल नमिल्दा नेपालले गोल गर्न सकेन ।