४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिप फाइनल: पहिलो हाफ बराबरीमा



अ+ अ-

काठमाडौं। फोर नेसन्स वूमन्स च्याम्पियनसिप अन्तरगत फाइनल खेलमा आयोजक नेपालले म्यानमारसँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफ सकिँदा दुबै टोलिले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलिले गोल गर्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । खेलको २४ औ मिनेटमा म्यानमारले अग्रता लिने अवसर गुमायो । बिमला बिकले म्यानमारको गोल हुन दिइनन् । म्यानमारका सान थले प्रहार गरेको बललाई बिमलाले विफल पारिन् । उनी गोल पोस्टमा रहँदा सान थको प्रहार सिधै बिमलालाई लागेको थियो ।

३४ औं मिनेटमा नेपालले गोल गर्न चुक्यो । साबित्रा भण्डारी र सरु लिम्बुले गोल गर्न सकेनन् । रेखा पौडेलले उपलब्ध गराएको पासमा डि-बक्स भित्र पाएको अवसरलाई दुबै जनाले प्रहार गरेको बल म्यानमारका खेलाडीलाई लाग्न पुग्यो ।

खेलको ४३ औं मिनेटमा रेखा पौडेलले हेडिङबाट गोल गर्न लाग्दा म्यानमारका डिफेन्डरले उनलाई रोके । नेपाली खेलाडीमा आपसी तालमेल नमिल्दा नेपालले गोल गर्न सकेन ।