२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतौराधाम स्थित शिवमन्दिरमा बिनय बिहारी, रितेश पाण्डे, मोनालिसा सहितका कलाकारले गरे दर्शन



अ+ अ-

रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन् ।

भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे सहित कुम्भ मेलाको भाईरलगर्ल मोनालिसा सहितका कलाकारले शिवमन्दिरमा दर्शन गरेका हुन् ।

यसैगरी भोजपुरी कलाकार मिंटुवा, भोजपुरीका गायक सुनिल पंडित, गायिका अनु चौधरी, नेपाली कलाकार गौरभनारायण राई, सहित स्थानीय कलाकारको मधानी महोत्सवमा विशेष सहभागिता रहेको छ ।

यि कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरिरहेका छन् । पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।