९ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतौराधाम स्थित शिवमन्दिरमा बिनय बिहारी, रितेश पाण्डे, मोनालिसा सहितका कलाकारले गरे दर्शन



अ+ अ-

रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन् ।

भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे सहित कुम्भ मेलाको भाईरलगर्ल मोनालिसा सहितका कलाकारले शिवमन्दिरमा दर्शन गरेका हुन् ।

यसैगरी भोजपुरी कलाकार मिंटुवा, भोजपुरीका गायक सुनिल पंडित, गायिका अनु चौधरी, नेपाली कलाकार गौरभनारायण राई, सहित स्थानीय कलाकारको मधानी महोत्सवमा विशेष सहभागिता रहेको छ ।

यि कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरिरहेका छन् । पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।