२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता: नेपाल र म्यानमारबीच फाइनल भिडन्त



अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमारबीचको खेल जारी छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।

गाेलकिपर अञ्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन् । नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ वटा खेल खेलेकाे छ जसमा म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगिताकाे लिग चरणमा नेपाल र म्यानमारले २२ गाेलकाे बराबरी खेलेका थिए । प्रतियाेगितामा नेपाल र म्यानमारसहित लेबनान, किर्गिस्तान सहभागी थिए ।

नेपाल र म्यानमारले दुवै टिमलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् । लिग चरणमा दुवै टिमले आपसमा २–२ गोलको बराबरी खेलेका थिए ।  सो बराबरीका कारण नेपालको मनोबल बढेको छ । म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ ।