४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता: नेपाल र म्यानमारबीच फाइनल भिडन्त



अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमारबीचको खेल जारी छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।

गाेलकिपर अञ्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन् । नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ वटा खेल खेलेकाे छ जसमा म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगिताकाे लिग चरणमा नेपाल र म्यानमारले २२ गाेलकाे बराबरी खेलेका थिए । प्रतियाेगितामा नेपाल र म्यानमारसहित लेबनान, किर्गिस्तान सहभागी थिए ।

नेपाल र म्यानमारले दुवै टिमलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् । लिग चरणमा दुवै टिमले आपसमा २–२ गोलको बराबरी खेलेका थिए ।  सो बराबरीका कारण नेपालको मनोबल बढेको छ । म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ ।