• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !

मेगा बैंकबाट भक्तपुर जिल्लामा सिसिटिभी जडान गर्न सहयोग



भक्तपुर । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो । 

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताउनुभयो ।