• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

अष्ट्रेलियाद्वारा टेनिस स्टार नोभाक जोकोभिचको भिसा पुनः रद्द



मेलबर्न । अस्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिचको खोपबिना देशमा बस्न पाउने  उनको अधिकारलाई लिएर लगातार दोस्रोपटक उनको भिसा खारेज गरेको छ ।

अध्यागमन मन्त्री एलेक्स हकको यस्तो निर्णयको अर्थ जोकोभिचले अब देश निकालाको सामना गर्नुपरेको छ। यद्यपि ३४ वर्षीय सर्बियाली खेलाडीले अझै पनि देशमा रहन अर्को कानूनी चुनौती पेस गर्न सक्छन्। 

पुरुष टेनिस नम्बर एक यी खेलाडीले सोमबारदेखि सुरु हुने अस्ट्रेलियन ओपनमा खेल्ने तालिका थियो ।

“स्वास्थ्य र राम्रो व्यवस्थाको आधारमा नोभाक जोकोभिचको भिसा रद्द गर्न सार्वजनिक हितमा थियो भन्ने आधारमा आज मैले मेरो शक्ति प्रयोग गरेँ”, मन्त्री एलेक्स हकले एक विज्ञप्तिमा भने।

यो कदमको अर्थ जोकोभिचले अष्ट्रेलियाको नयाँ भिसा प्राप्त गर्न तीन वर्षको प्रतिबन्धको सामना गर्नुपर्नेछ।

खोप छुट प्राप्त गर्न ‘उचित प्रमाण प्रदान गर्न असफल’ भइसकेपछि जनवरी ६ मा मेलबर्नमा आइपुगे लगत्तै जोकोभिकको भिसा पहिलो पटक रद्द गरिएको थियो।

यस सम्बन्धमा महामारीको समयमा विश्वको सबैभन्दा लामो र कडा लकडाउनमा बस्न बाध्य अष्ट्रेलियाली जनताबाट पनि ठूलो प्रतिक्रिया आएको थियो ।

उनलाई हिरासतमा लिइयो । उनले विमानस्थलमा अध्यागमन नियन्त्रणमा घण्टौँ बिताए र त्यसपछि अध्यागमन होटलमा केही दिन बिताए ।

केही दिनपछि उनको भिसा एक न्यायाधीश द्वारा पुनर्स्थापित गरियो । उनको रिहाईको आदेश दिए पनि सीमा अधिकारीहरूले उनी आइपुग्दा सही प्रक्रियालाई बेवास्ता गरे।

तर मेलबर्नमा शुक्रबार साँझ श्री हकले अस्ट्रेलियाको आप्रवासन ऐनमा छुट्टै अधिकारअन्तर्गत जोकोभिकको भिसा रद्द गरे।

सो अधिकारअन्तर्गत ‘स्वास्थ्य, सुरक्षा वा अस्ट्रेलियाली समुदायको राम्रो व्यवस्था’ का लागि सम्भावित जोखिम ठान्ने जो कोहीलाई देश निकाला गर्न अनुमति दिन्छ ।  तर जोकोभिचले अझै पनि यसमा अपील गर्न सक्छन्।

 जोकोभिचले आरोप सम्बन्धमा आफ्नो यात्रा फारममा झूटा घोषणा गरेको बताएपछि यस्तो पछिल्लो निर्णय गरिएको हो । जोकोभिचले अष्ट्रेलिया आइपुग्नु अघि १४ दिन कतै यात्रा नगरेको बताएका थिए जबकि वास्तवमा उनी स्पेन गएका थिए।

उनले यो गल्ती उनको एजेन्टले गरेको बताउँदै यसलाई ‘मानवीय त्रुटि’ भएको र यो ‘जानीजानी नगरिएको’ बताएका थिए । उनले कोभिड–१९ पोजिटिभ देखिएपछि पत्रकारसँग भेटघाट र फोटोसुट गरेको पनि स्वीकार गरे । बिबिसी