५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो शुभकामना सन्देशमा महाशिवरात्रि पर्वले सामाजिक सहिष्णुताको भावना वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘महाशिवरात्रि नेपाललगायत विश्वभरिका हिन्दू धर्मावलम्बीहरुले धुमधामसँग भगवान शिवको आराधना गरी मनाउने गरिन्छ । यो पर्वले हामी सबैमा आत्मीय अनुशासन, आपसी सद्भाव, सामाजिक सहिष्णुताको भावना अभिवृद्धि गर्ने छ भन्ने मैले विश्वास लिएको छु । महाशिवरात्रि पर्व मनाउने सम्पूर्ण धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना ।’