८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु



अ+ अ-

मोरङ। ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आजदेखि विराटनगरमा सुरु भएको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेशका १४ जिल्लाका  खेलाडीले विभिन्न ११ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा महिला फुटबल, एथलेटिक्स, कवड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस (महिला तथा पुरुष), कराँते प्रतियोगिता (महिला तथा पुरुष), तेक्वान्दो प्रतियोगिता (महिला तथा पुरुष), सफ्ट टेनिस प्रतियोगिता (महिला तथा पुरुष) मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल, डोरीतान प्रतियोगिता, वुद्धिचाल प्रतियोगिता रहेका छन् ।

महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको खेलाडी छनौटमा सहयोग पुग्ने बताए । उनले अन्तरराष्ट्रिय खेलमा पदक प्राप्त गर्ने खेलाडी उत्पादनका लागि आवश्यक खेल पूर्वाधार एवं प्रशिक्षणको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अत्यधिक पदक जित्नका लागि महोत्सव उपयोगी हुने विचार व्यक्त गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले महोत्सवले लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरेका छन् ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत र नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले सम्बोधन गरेका छन्। प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ७८ लाख ७७ हजार खर्च हुने अनुमान गरिएको छ ।