२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु
अ अ+ अ-

मोरङ। ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आजदेखि विराटनगरमा सुरु भएको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेशका १४ जिल्लाका  खेलाडीले विभिन्न ११ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा महिला फुटबल, एथलेटिक्स, कवड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस (महिला तथा पुरुष), कराँते प्रतियोगिता (महिला तथा पुरुष), तेक्वान्दो प्रतियोगिता (महिला तथा पुरुष), सफ्ट टेनिस प्रतियोगिता (महिला तथा पुरुष) मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल, डोरीतान प्रतियोगिता, वुद्धिचाल प्रतियोगिता रहेका छन् ।

महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको खेलाडी छनौटमा सहयोग पुग्ने बताए । उनले अन्तरराष्ट्रिय खेलमा पदक प्राप्त गर्ने खेलाडी उत्पादनका लागि आवश्यक खेल पूर्वाधार एवं प्रशिक्षणको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अत्यधिक पदक जित्नका लागि महोत्सव उपयोगी हुने विचार व्यक्त गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले महोत्सवले लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरेका छन् ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत र नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले सम्बोधन गरेका छन्। प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ७८ लाख ७७ हजार खर्च हुने अनुमान गरिएको छ ।