८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा



अ+ अ-

भद्रपुर। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा मङ्गलबार भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा ब्लेजर्सका लागि कुददिप कार्कीले गरेको प्रहार बारमा लागेर बाहिरियो ।

काउर्न बजारका साइद, एस सिल्ला र साइडोस्टोनले गोल गरे । युसोफ एमबी र इब्राहिमले प्रहार बाहिरियो । यसअघि निर्धारित ९० मिनटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सत्यम शर्माले खेलको २५औँ मिनटमा गोल गर्दा ब्लेजर्सले अग्रता बनाएको थियो तर काउर्न बाजारका साकिलले खेलको ६२ औँ मिनटमा गोल फर्काए ।

आयोजक ब्लेजर्सले झापा –११ र भुटानको डागा युनाइटेड एफसीबीच बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन । रासस