२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक : मन्त्री पौडेल

स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक : मन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताउनुभएको छ ।

आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दैै उहाँले अहिलेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बिमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताउनुभयो ।

विसं २०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो ।  मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताउनुभयो । उहाँले आफूले स्वास्थ्य बिमा  चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको बताउनुभयो ।

“मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिक आधारित बिमा  बनाउनुपर्दछ । अहिलेको बिमाबाट सबैको उपचार गर्न असम्भव छ ।” उहाँले  स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले बिमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बिमामा गाभ्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी, कर तिर्ने मानिसको र बिमा गरेवापत सङ्कलन भएको रकमले बिमा  कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले राष्ट्रिय परिचयपत्र, राहदानी लिँदा अनिवार्य स्वास्थ्य बिमा गरेको हुनुपर्ने बताउनुभयो । उहाँले प्रमाणीकरण भइसकेका मिर्गौला र पार्किन्सन रोगका लागि पाँच लाखसम्मको उपचारको व्यवस्था बिमा कार्यक्रमबाट गरिन थालेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले अस्पतालको नाम महेन्द्रनारायण निधिसँग जोडिएकोले छुट्टै सन्देश हुने भन्दै अस्पताल समितिसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले महेन्द्रनारायण निधिले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडेको र कुनै स्वार्थमा नविकेको व्यक्ति भएको बताउनुभयो ।

कार्यक्रमममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अस्पताल सञ्चालनमा कतिपय कठिनाई भएको पनि पुनः नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन आएको खुशी व्यक्त गर्नुभयो ।

अस्पतालका निर्देशक डा.विनोद अर्यालले अस्पताललाई क्यान्सर अस्पतालको रूपमा विकास गर्नका लागि पुनः अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँले मधेश र पहाडलाई जोड्ने सेतुको रूपमा अस्पताल रहने जानकारी गराउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम थापाले आफ्नो वडामा २६ वटा सरकारी र नीजि अस्पताल सञ्चालन रहेको भन्दै पुनः सञ्चालनमा आएको यस अस्पतालले बिरामीलाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो ।

सभासद् विना ज्ञवालीले अस्पतालले बिरामीको भावनालाई बुझेर उपचार गर्नुपर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष  कपिल ज्ञवालीले नयाँ व्यवस्थापनका साथ अस्पताल अहिले सय शैय्यामा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले अहिले नयाँ व्यवस्थापनका साथ अस्पताल सञ्चालनमा ल्याएको छौँ । अहिले ३० जना कर्मचारीबाट अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गरेका छाँै” उहाँले भन्नुभयो, “विस्तारै कर्मचारी थप्दै जाने र अस्पताललाई सय शैय्याको पूर्ण रूपमा सञ्चालन गर्ने छौँ ।”

अस्पतालले आजदेखि निःशुल्क बहिरङ्ग सेवा सञ्चालन गरेकोछ । अस्पतालका प्रशासन प्रमुख शोभा श्रेष्ठले जनरल, मिर्गौलाको डायलासिस, सिटी स्क्यान, बच्चाको उपचार सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

महेन्द्रनारायण निधि मेमोरियल सहकारी संस्थाबाट पुनःसञ्चालनमा ल्याइएको अस्पतालले अहिले नर्सिङ कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा अस्पतालको प्राङ्गणमा रहेको महेन्द्रनारायण निधिको शालिकमा स्वास्थ्य मन्त्री पौडेल र कांग्रेसका पूर्वउपसभापति निधिले माल्यार्पण गर्नुभयो । रासस