२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

२०८४ को आम निर्वाचन भन्दा अगाडि महाधिवेशन हुन्छ -डा शशांक कोइराला

२०८४ को आम निर्वाचन भन्दा अगाडि महाधिवेशन हुन्छ -डा शशांक कोइराला
अ अ+ अ-

जनकपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस कार्यक्रममा बोल्दै डा कोइरालाले चुनावको मुखमा महाधिवेशन गराउँदा कांग्रेसलाई घाटा हुने बताउनुभयो । उहाँले भन्नुभयो–म्रो‘आम चुनावभन्द्या पहिला अधिवेशन गराएको रा हो । चुनावको मुखमा अधिवेशन गराउदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ ।

२०८२ सालमा गराउन नसक्ने हो भने महाविधेशन २०८४ को चुनाव पछि हुनुपर्छ । चुनावको मुखमा अधिवेशन गराउन हुँदैन ।’ डा कोइरालाले कांग्रेसमा देखिएको ग्रुपिजम महाधिवेशनमा मात्र सिमित राख्नुपर्ने बताउनुभयो । उहाँले महाअधिवेशनसंग ग्रुपिजम पनि समाप्त हुनुपर्नेमा जोड दिनुभयो । कोइरालाले भन्नुभयो–‘पहिला देखि ग्रुपिजम थियो ।

यो गिरिजाप्रसादको ग्रुप यो किसुनजीको यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन् । यो गर्न हुँदैन ।’ पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेस सवैभन्दा गतिशिल र चलायमान पार्टी भएको बताउदै अहिले मुलुकमा भएको सवै विकास कांग्रेसका कारण भएको दाबि गर्नुभयो । कोइरालाले कांग्रेसले आफूले गरेका काम जनतालाई भन्न सकेका नसकेको भन्दै अब कांग्रेसले ५ वर्षको यो १० वर्षको सोच हो भनेर जनतालाई भन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिले सवैका हात हातमा मोवाईल छ यसमा कांग्रेसको योगदान हो । एउटा मेडिकल कलेज थियो । अहिले २० वटा पुगे । १ विश्वविद्यालय थियो आज २० वटा पुगे । मोटर बाटोको अवस्था हेर्नुस हिजो ७ हजार किलोमिटर थियो । आज २ लाख किलोमिटर पुग्यो ।’
कोइरालाले कांग्रेसले युवालाई आर्कषण गराउने खालका काम गर्नुपर्नेमा जोड दिदै ६० प्रतिशत जनसंख्या ४० वर्ष मुनिका युवाहरु मध्ये कांग्रेसको केन्द्रीय समितिमा १ जना युवा पनि नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो–‘६० प्रतिशत जनसंख्या ४० वर्ष मुनीका मान्छे छन् । तर हाम्रो पार्टीको केन्द्रीय समितिमा ४० वर्ष मुनीको एक जना पनि छैन् । युवाहरुलाई अवसर दिएको खै अनि कसरी कांग्रेसमा युवाको आर्कषण बढ्छ । हामीले ४० वर्ष मुनिका युवालाई भविश्य देखाइदिन सक्नुपर्छ । नत्र भश्वियको खोजीमा विदेशिएका छन् ।’

कोइरालाले सुशाशन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताउनुभयो । उहाँले–‘सरकारमा गएपछि, मन्त्री बनेपछि युवालाई आशा जगाउने काम गर्न सक्नुपर्छ । हाम्रो १७ लाख हेक्टर खेतीयोग्य जमिन छ । यो खेतीले ३० करोड जनतालाई खुवाउन सक्छ । तर आज खेत बाझो छ । युवा पलायन छन् । योजना आयोग छ योजना आयोगको काम नै छैन् ।’