२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

Latest
राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियनलाई आज देश निकाला गरिँदै आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन गायक प्रकाश सपुतको अनुभव : ‘२०८१ सालमा जहाँबाट उठेको थिएँ, त्यहिँ पछारिएँ’ उद्घाटन खेलमा छिन्नमस्ता रुपनी र कोसी दुहबीले प्रतिस्पर्धा गर्ने अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल सुनसरीमा गोली प्रहार, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८४ को आम निर्वाचन भन्दा अगाडि महाधिवेशन हुन्छ -डा शशांक कोइराला



अ+ अ-

जनकपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस कार्यक्रममा बोल्दै डा कोइरालाले चुनावको मुखमा महाधिवेशन गराउँदा कांग्रेसलाई घाटा हुने बताउनुभयो । उहाँले भन्नुभयो–म्रो‘आम चुनावभन्द्या पहिला अधिवेशन गराएको रा हो । चुनावको मुखमा अधिवेशन गराउदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ ।

२०८२ सालमा गराउन नसक्ने हो भने महाविधेशन २०८४ को चुनाव पछि हुनुपर्छ । चुनावको मुखमा अधिवेशन गराउन हुँदैन ।’ डा कोइरालाले कांग्रेसमा देखिएको ग्रुपिजम महाधिवेशनमा मात्र सिमित राख्नुपर्ने बताउनुभयो । उहाँले महाअधिवेशनसंग ग्रुपिजम पनि समाप्त हुनुपर्नेमा जोड दिनुभयो । कोइरालाले भन्नुभयो–‘पहिला देखि ग्रुपिजम थियो ।

यो गिरिजाप्रसादको ग्रुप यो किसुनजीको यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन् । यो गर्न हुँदैन ।’ पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेस सवैभन्दा गतिशिल र चलायमान पार्टी भएको बताउदै अहिले मुलुकमा भएको सवै विकास कांग्रेसका कारण भएको दाबि गर्नुभयो । कोइरालाले कांग्रेसले आफूले गरेका काम जनतालाई भन्न सकेका नसकेको भन्दै अब कांग्रेसले ५ वर्षको यो १० वर्षको सोच हो भनेर जनतालाई भन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिले सवैका हात हातमा मोवाईल छ यसमा कांग्रेसको योगदान हो । एउटा मेडिकल कलेज थियो । अहिले २० वटा पुगे । १ विश्वविद्यालय थियो आज २० वटा पुगे । मोटर बाटोको अवस्था हेर्नुस हिजो ७ हजार किलोमिटर थियो । आज २ लाख किलोमिटर पुग्यो ।’
कोइरालाले कांग्रेसले युवालाई आर्कषण गराउने खालका काम गर्नुपर्नेमा जोड दिदै ६० प्रतिशत जनसंख्या ४० वर्ष मुनिका युवाहरु मध्ये कांग्रेसको केन्द्रीय समितिमा १ जना युवा पनि नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो–‘६० प्रतिशत जनसंख्या ४० वर्ष मुनीका मान्छे छन् । तर हाम्रो पार्टीको केन्द्रीय समितिमा ४० वर्ष मुनीको एक जना पनि छैन् । युवाहरुलाई अवसर दिएको खै अनि कसरी कांग्रेसमा युवाको आर्कषण बढ्छ । हामीले ४० वर्ष मुनिका युवालाई भविश्य देखाइदिन सक्नुपर्छ । नत्र भश्वियको खोजीमा विदेशिएका छन् ।’

कोइरालाले सुशाशन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताउनुभयो । उहाँले–‘सरकारमा गएपछि, मन्त्री बनेपछि युवालाई आशा जगाउने काम गर्न सक्नुपर्छ । हाम्रो १७ लाख हेक्टर खेतीयोग्य जमिन छ । यो खेतीले ३० करोड जनतालाई खुवाउन सक्छ । तर आज खेत बाझो छ । युवा पलायन छन् । योजना आयोग छ योजना आयोगको काम नै छैन् ।’