४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन क्षेत्रमा रणनीतिक सडकहरुको प्रगति देखिएनः सांसद जोशी



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामो समयसम्म कामको प्रगति नदेखिएकोबारे संसद्मा प्रश्न उठेको छ ।

मंगलवारको प्रतिनिधि सभामा बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले त्यस्ता सडकहरुको प्रगति राम्रो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सातदिन भन्दा बढी फाइल नरोकिने बताएपनि भौतिक पूर्वाधार मन्त्रालयबाट १२ वटा पक्की पुलसम्बन्धि फाइल अघि नबढेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामोसमयसम्म कामको प्रगति देखिएको छैन । सरकारले त्यसबारे किन ध्यान दिएको छैन । ध्यानाकर्षण गराउन चाहन्छु ।’

बझाङ जिल्लाका अरु सिंचाई योजनाहरु समेत शुरु नभएको उहाँको भनाई छ । ती योजनामा परेको बजेट सरकारका मान्छेले अन्यत्र सार्न खोजेको आरोप समेत जोशीले लगाउनु भयो ।