४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न काँग्रेस सांसद खतिवडाको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलवार बिहान भएको बस दुर्घनामा परि १७ जना भाइते भएको बताउनु भयो । उहाँले घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको बताउनु भयो । उहाँले सडक दुर्घटनामा परी घाइते भएका सबै बरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरु घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौं बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु । सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु सभामुख महोदय ।’

उहाँले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको बताउनु भयो ।