१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट देशभरका हलमा ‘चपली हाइट ३’



अ+ अ-

काठमाडौं । प्रतिक्षित फिल्म चपली हाइट–३ आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउँदैछ । 

फिल्मको टिकटका लागि देशभरका मल्टिप्लेक्सले बुधबारदेखि नै बुकिङ खुल्ला गरेका छन् भने भने क्यूएफएक्सले ३६ शो उपलब्ध गराएको छ । यस्तै, अन्य मल्टिप्लेक्सले पनि चपली हाइट–३ लाई राम्रो शो दिएको छ । 

यस अघिका दुई सिरिजले बक्स अफिसमा सफलता हासिल गरेकाले यो फिल्मले पनि राम्रो दर्शक पाउने आशा गरिएको छ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ । सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

अर्जुन कुमारको लगानी रहेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतकाको अभिनय रहेको छ ।