२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भद्रपुर झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा

भद्रपुर झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
अ अ+ अ-

भद्रपुर, (झापा) । भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलको समीकरण पूरा भएको हो ।

मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै डागा युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग खेल्नेछ ।

डागा युनाइटेडका लागि खेलको ३४औँ मिनटमा लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको ३६औँ मिनटमा सोही टोलीका हेमराज भुजेलले ३६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दबाबमा रहेको एपिएफ पहिलो हापमा २–० ले पछि परेको थियो ।

खेलको ५९औँ मिनटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २–१ को स्थितिमा पुर्‍याएका थिए । खेलको ६३ औँ मिनटमा दागा युनाइटेडका भुजेलले दोस्रो गोल गर्दै ३–१ को अग्रता बनाएका हुन् । खेलको इञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफका सुमन श्रेष्ठले गोल गर्दै टोलीलाई ३–२ को स्थितिमा पुर्‍याएका थिए ।

दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि जारी गोल्डकपबाट विभागीय टोली बाहिरिएको छ । मङ्गलबार पहिलो सेमिफाइनलका खेल आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख र उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।