८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो टग अफ वार फागुन १६ गतेदेखि



अ+ अ-

काठमाडौँ।नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिनुभयो । महिला तर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उहाँले बताउनुभयो ।

प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन् । पुरुषतर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैंया प्राप्त गर्नेछन् ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवद्र्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले बताउनुभयो । प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्दतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ ।