४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो टग अफ वार फागुन १६ गतेदेखि



अ+ अ-

काठमाडौँ।नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिनुभयो । महिला तर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उहाँले बताउनुभयो ।

प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन् । पुरुषतर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैंया प्राप्त गर्नेछन् ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवद्र्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले बताउनुभयो । प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्दतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ ।