७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नालायक र दमनकारी बन्दै गएको नेकपा एसको निष्कर्ष – पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

फागुन ९ र १० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको दोस्रो पूर्ण बैठकले आन्दोलनको कार्ययोजनासहित चारवटा निर्णय पारित गरेको हो ।

बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना र पार्टीका तात्कालिक संगठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको छ ।

छलफलमा १७६ केन्द्रीय सदस्यले भाग लिएका थिए ।
सरकार नालायक र दमनकारी बन्दै जाने, सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको वचत डुबेको बताए ।

त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रिय कमिटीले गरेको बताए ।

यस्तो छ पूर्णपाठः

resolutions of 2nd meeting