२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः कोहलीको शतकमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । विराट कोहलीको शतकको आधारमा भारतले च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

भारतका लागि विराट कोहलीले अविजित १००, श्रेयस अय्यरले ५६ र शुभमन गिलले ४६ रन बनाए । बलिङतर्फ कुलदीप यादवले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । यस्तै अक्षर पटेल, रविन्द्र जडेजा र हर्षित राणाले १–१ विकेट लिए ।

पाकिस्तानका लागि साउद शकीलले ६२ र मोहम्मद रिजवानले ४६ रन बनाए । शाहिन शाह अफ्रिदीले २ विकेट लिए । अबरार अहमद र खुशदिल शाहले १–१ विकेट लिए ।

आइतबार दुबईमा भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ रोजेको थियो । टोली ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो । भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

प्रतियोगितामा भारतको यो दोस्रो जित हो । टोलीले बिहीबार बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हारसँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । टोलीले बंगलादेशसँग एक खेल खेल्न बाँकी छ ।

भारतले पाँचौं ओभरमा पहिलो विकेट गुमाएको थियो । रोहित शर्मा २० रन बनाएर आउट भए । नम्बर ३ मा आएका विराट कोहलीले सावधानीपूर्वक ब्याटिङ गरे । उनले शुभमन गिलसँग ६९ र श्रेयस अय्यरसँग ११४ रनको साझेदारी गरे । कोहली अन्तिमसम्म टिके ।

उनले ४३ औं ओभरमा खुशदिल शाहविरुद्ध चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे र टोलीलाई जित दिलाए ।

विराटले एकदिवसीय क्रिकेटमा ५१औँ शतक र अन्तर्राष्ट्रिय क्रिकेटमा ८२औँ शतक प्रहार गरे । उनी एसिया कप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफीमा पाकिस्तानविरुद्ध शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बने । आफ्नो शतकसँगै उनले एकदिवसीय क्रिकेटमा १४ हजार रन र अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार ५ सय रन पनि पुरा गरेका छन् ।