४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः कोहलीको शतकमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । विराट कोहलीको शतकको आधारमा भारतले च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

भारतका लागि विराट कोहलीले अविजित १००, श्रेयस अय्यरले ५६ र शुभमन गिलले ४६ रन बनाए । बलिङतर्फ कुलदीप यादवले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । यस्तै अक्षर पटेल, रविन्द्र जडेजा र हर्षित राणाले १–१ विकेट लिए ।

पाकिस्तानका लागि साउद शकीलले ६२ र मोहम्मद रिजवानले ४६ रन बनाए । शाहिन शाह अफ्रिदीले २ विकेट लिए । अबरार अहमद र खुशदिल शाहले १–१ विकेट लिए ।

आइतबार दुबईमा भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ रोजेको थियो । टोली ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो । भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

प्रतियोगितामा भारतको यो दोस्रो जित हो । टोलीले बिहीबार बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हारसँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । टोलीले बंगलादेशसँग एक खेल खेल्न बाँकी छ ।

भारतले पाँचौं ओभरमा पहिलो विकेट गुमाएको थियो । रोहित शर्मा २० रन बनाएर आउट भए । नम्बर ३ मा आएका विराट कोहलीले सावधानीपूर्वक ब्याटिङ गरे । उनले शुभमन गिलसँग ६९ र श्रेयस अय्यरसँग ११४ रनको साझेदारी गरे । कोहली अन्तिमसम्म टिके ।

उनले ४३ औं ओभरमा खुशदिल शाहविरुद्ध चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे र टोलीलाई जित दिलाए ।

विराटले एकदिवसीय क्रिकेटमा ५१औँ शतक र अन्तर्राष्ट्रिय क्रिकेटमा ८२औँ शतक प्रहार गरे । उनी एसिया कप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफीमा पाकिस्तानविरुद्ध शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बने । आफ्नो शतकसँगै उनले एकदिवसीय क्रिकेटमा १४ हजार रन र अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार ५ सय रन पनि पुरा गरेका छन् ।